Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमालेका मनोनित केन्द्रीय सदस्यलाई ओलीले गराए सपथ


एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । तुलसीलाल प्रतिष्ठान च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुलाई ओलीले बुधबार शपथ गराएका हुन् ।
एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गर्न सकिन्छ । सोही व्यवस्था अनुसार २० जना खुल्ला, १५ जना महिला र पार्टीको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ केन्द्रिय सदस्य मनोनित गरिएको हो ।
मनोनित केन्द्रीय सदस्यलाई सपथ गराएपछि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनी प्रचण्ड, माधव नेपाल र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग खनिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार