Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

२ मतले चुनाव हारे गच्छदारले, उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खडका विजयी


नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार कांग्रेस उपसभापतिमा २ मतले पराजित भएका छन् । बुधबार अबेर राती सार्वजनिक भएको मत परिणाम अनुसार गच्छदारको भन्दा २ मत बढी ल्याएर युवा नेता धनराज गुरुङ निर्वाचित भएका हुन् । गच्छदारले १९०६ मत ल्याउँदा गुरुङले १९०८ मत ल्याए ।
शेरबहादुर देउवा प्यानलबाट चुनाव लडेका अर्का नेता पूर्णबहादुर खडकाले भने उपसभापतिमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका छन् । खडकाले २१२१ मत ल्याएका हुन् ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका .गच्छदारको भ्रष्टाचार आरोपपछि सांसद पद समेत गएको थियो । उनी अहिले देउवा प्यानलबाट उपसभापति पदको चुनाव लडेका थिए । उता डा. शेखर कोइराला प्यानलबाट चुनाव लडेर २ मत बढी ल्याउँदै विजयी भएका धनराज गुरुङ भने कांग्रेसभित्र त्यागी र वैचारिक युवा नेतामा पर्छन् । उपसभापति पदको नतिजा आउनुअघि डा. शेखर कोइराला प्यानलले मतदातालाई दिएको धन्यवाद ज्ञापन समारोहमा गुरुङले पद र पैसाका लागि आफ्नो विचार त्याग्नेहरुलाई भेडाको संज्ञा समेत दिएका थिए । गुरुङको यो आरोप सभापति पदमा चुनाव लडेर दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सघाउन गएका नेता प्रकाशमान सिंहप्रति लक्षित थियो ।
प्रकाशमान सिंहका बुवा तथा सर्वमान्य नेता गणेशमान सिंहले २०४६ सालको आन्दोलनपछि फरक सन्दर्भमा जनतालाई भेडा भनेको कुरा अहिले पनि राजनीतिक वृत्तमा चर्चामा छ ।


प्रतिक्रिया दिनुहोस !
विचार