Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि दल दर्ता गरिँदै


निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ। रिक्त हुन गइरहेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।

एमालेका आठ, माओवादी केन्द्रका चार, नेकपा एकीकृत समाजवादीका चार, कांग्रेसका तीन र मनोनित एक सांसदको पदावधी सकिँदै छ।


प्रतिक्रिया दिनुहोस !
विचार