Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस महामन्त्री मतगणना : गगनको जित निश्चित, विश्वप्रकाशको धुरमुर


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक नतिजा अनुसार सबैभन्दा अगाडि गगन थापा छन्। थापालाई पछ्याइरहेका छन् विश्वप्रकाशले। विश्वप्रकाशपछि प्रकाशशरण महत छन् र उनलार्य पछ्याइरहेका छन् प्रदीप पौडेलले। मीनेन्द्र रिजाल भने प्रदीपभन्दा पनि पछाडि छन्।

गगनले फराकिलो अग्रता लिएका छन्। २५ सय २० मत गन्दा गगन थापाले १६ सय ४८ मत प्राप्त गरेका छन्। गगनलाई पछ्याइरहेका विश्‍वप्रकाश शर्माले १०१९ मत प्राप्त गरेका छन्।

तेस्रोमा रहेका प्रकाशशरण महतले ८२७ मत ल्याउँदा प्रदीप पौडेलले ७४६ मत ल्याएर महतलाई पछ्याइरहेका छन्। प्रदीपपछि मिनेन्द्र रिजालले ४३६ मत प्राप्त गरेका छन्। राजाराम कार्कीले ६४ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार