नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।सभापतिमा निर्वाचित भएका देउवालाई उनले आज विहान देउवाको सरकारी निवास बालुवाटर पुगेरै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन्।





