Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना: शशांक कोइरालाको अग्रता कायमै


नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ११ सय मत गन्दा डा शशांक कोइराला पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण र तेस्रो स्थानमा उदयशमशेर राणा र चौथो स्थानमा रमेश लेखक छन्।

बलबहादुर केसी पाँचौमा छन् भने मोहनबहादुर बस्नेत छैटौंमा छन्। कानुन न्याय तथा स‌ंसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु सातौंमा छन्। आठौंमा सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने नऔंमा गोपालमान सिंह तथा १० औं स्थानमा एनपी साउँद र दिनेश कोइराला छन्।

खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। गत सोमबार सम्पन्न निर्वाचनमा कूल चार हजार ६७२ मत खसेको थियो।

बिहान करिब ११ बजेदेखि मतगणना जारी छ। आज मध्य रातिसम्म अन्तिम नजिता आइसक्ने निर्वाचन समितिले जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार