Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेसको केन्द्रीय सदस्यको मतगणना अपडेट: टप ३५ मा परेका यी नेता, कसले कति मत पाए ?


नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि करिब तीन हजार मत गणना गरिएको छ। केहीबेरमा सार्वजनिक पछिल्लो मत परिणामअनुसार डा शशांक कोइरालाले नै अग्रता कायम राखेका छन्। कोइरालाले दुई हजार चार सय ४२ मत ल्याएर कोइराला अग्रस्थानमा छन्।

कोइरालालाई एनपी साउदले एक हजार ८ सय ९६ मत ल्याएर पछ्याइ रहेका छन्। गृहमन्त्री बालकृष्ण खाँण एक हजार ८५१ मतसहित तेस्रो स्थानमा छन्।

एक हजार ८०८ मत ल्याएर उदयशमशेर राणा चौथो तथा एक हजार सात सय ८२ मतका साथ रमेश लेखक पाँचौ स्थानमा छन्।

यस्तो छ पछिल्लो मत परिणाम


प्रतिक्रिया दिनुहोस !
विचार