आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। अइतबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार छापावाला सुन ९३ हजार ६ सय तथा तेजाबी सुन ९३ हजार १ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।
आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीआइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।





