Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित


राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ । दिउँसो १ बजे बसेको बैठकमा नेकपा एमालेका सांसदहरुको विरोधपछि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटक–पटक आग्रह गरेका थिए ।

तर, एमाले सांसदहरूले त्यसलाई नमानेर अवरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताएका थिए । सर्वदलीय बैठक बोलाउँदा देखावटी काम भएको उनको भनाइ छ ।

माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार