Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

गठबन्धन ओलीको टाउको दुखाइको विषय बनेकोः प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले अहिले पनि प्रतिगमनको बाटोमा नै अघि बढिरहेको दाबी गरेका छन्। समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले ओली संसद् अवरुद्ध गरेर अहिले पनि प्रतिगमनको बाटोमै रहेको पुष्टि गरेको दाबी गरे ।

गठबन्धनलाई कुनै पनि हालतमा टुक्रिन नदिनका लागि प्रधानमन्त्रीसहित गठबन्धनका दलहरु प्रतिवद्ध रहेको प्रचण्डले बताए । ओलीले गठबन्धन फुटाएमा एमसीसी पास गर्न दिने बताउने गरेको तर्फ इंगित गर्दै प्रचण्डले गठबन्धन ओलीको टाउको दुखाइको विषय बनेको बताए ।

ओलीले माधव नेपाल भएको कार्यक्रममा सहभागी नभएर अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको प्रचण्डले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार