नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाएकी छिन् । २०६५ मतगणना हुँदा डिला संग्रौलालले १२६८ मत पाएकी छिन् । दोस्रोमा पुष्पा भूसालले ११९६ र आरजु राणाले १११६ मत पाएका छन् ।
यसैगरी अम्बिका बस्नेत ९९८, ईश्वरी न्यौपाने ९८५, सरिता प्रसाईं ९४९, रमा कोइराला ८१३, सुशीला ढकाल ७९४ र गमति शाही ७८० मत पाएका छन् ।
खुल्लातर्फ ३५ केन्द्रीय सदस्यको टुंगो लागिसकेको छ । खुल्लामा सबै पुरुष मात्र विजयी भएका थिए ।





