Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेस प्रदेश २ को अधिवेशन आजदेखि, देउवाविरुद्ध कोइराला र निधि एक


नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि सुरु हुने भएको छ। कांग्रेसले अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन गरिसकेको छ। विवादका कारण रोकिएको प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुन लागेको हो।

प्रदेश अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्य चयन गर्नेछ। प्रदेश २ सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन्।

प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी छन्। महाधिवेशनको कार्यतालिकाअनुसार आज उम्मेदवारको मनोनयन तथा बुधबार मतदान हुनेछ।

सभापतिका आकांक्षी रामसरोज विमलेन्द्र निधिनिकट हुन् भने कृष्णा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। प्रदेश २ मा एक हजार ९ सय ८० मतदाता छन्। निधिलाई कोइराला समूहले सघाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार