Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

म नभएको मौका पारेर केपी ओली संसद छिर्न सक्छन् : माधव नेपाल


नेकपानेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफु नभएको मौका छोपेर एमाले अध्यक्ष ओली संसदमा छिर्न सक्ने बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कारण केपी ओलीको सातो गएको बताएका हुन । मंगलबार बस्ने संसद बैठकमा जसरी नि आफू पुग्नु पर्ने भन्दै उनले भने ‘.. म नभा’को मौका पारेर केपी ओली छिर्न बेर छैन त्यहाँ । कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ ।’
एमाले अध्यक्ष ओलीलाई कसैले पनि सुधार्न नसकेको र अबको दिनमा पनि नसकिने नेपालले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा ओलीलाई सुधार्न पार्टी एकता गरेको र सुधार्न नसकेपछि बाहिर निस्कनु परेको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार