Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित


नेपाली कांग्रेसको मधेसीतर्फको केन्द्रीय सदस्यमा विनोद चौधरीसहित ९ जना विजयी भएका छन्। विजयी हुनेहरुमा अधिकांश देउवा समूहका रहेका छन्। अन्तिम मत परिणामअनुसार पहिलो नम्बरमा अजय चौरसियाले २५२२ मत ल्याए भने दोस्रो नम्बरमा विनोद चौधरीले २२०६ मत ल्याएका छन्।

त्यस्तै तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मत, चौथोमा महेन्द्रकुमार राय १९८४ मत, पाँचौं नम्बरमा दिनेशकुमार यादव १९५९ मत ल्याएका छन्।त्यस्तै महिलातर्फ मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत, मिनाक्षी झा ३ हजार १२ मत, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ मत र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन्।


प्रतिक्रिया दिनुहोस !
विचार