Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमालेको विरोधबीच चार अध्यादेश संसदबाट स्वीकृत


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ। एमालेका अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धि प्रस्ताव स्विकृतिका लागि निर्णयार्थ पेश गरका थिए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !
विचार