Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक


नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो। सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

महराका अनुसार प्रज्ञा भवनमा लगभग एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर टाँग्न थालिएको छ।

महाधिवेशनमा प्रदेशबाट आठ सय तीनजना प्रतिनिधि, आयोजक एक सय र थप ६९ जना, सल्लाहकार एक सय ४९, केन्द्रीय विभागबाट एक सय दुई, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट एक सय २५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन्।


प्रतिक्रिया दिनुहोस !
विचार