Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

रन्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग


नेतृ रन्जु दर्शनाले विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी छन्। आज एक सार्वजनिक अपिलमार्फत उनले आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पारेको जानकारी गराएकी छन्।

‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ उनले भनेकी छन्। उनले आफू राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भनेर प्रवेश गरेको भन्दै पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको बताएकी छन्।

उनले विवेकशील साझा पार्टीभन्दा माथि देश रहेको उल्लेख गरेकी छन्। स्रोतका अनुसार मिलन पाण्डेलगायतका असन्तुष्ट नेताहरु नयाँ दल दर्ताको तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार