नेपाली कांग्रेसको महाधिवेशन आज मैझारो हुने भएको छ । नवनिर्वाचित कार्यसमिति सदस्यलाई भोलि प्रमाणपत्र वितरण गरिने भएको छ। पदाधिकारीसहित निर्वाचित १३४ जनालाई शुक्रबार प्रमाणपत्र वितरण गरिने जनाइएको छ।नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक भने शनिबारका लागि बोलाइएको छ।
मतगणना आज सकिने निर्वाचन समितिले जानकारी गराएको छ। खस आर्य र आदिवासी जनजातितर्फको मतगणना जारी रहेको छ। आदिवासी जनजातितर्फ ७ महिला र ८ पुरुष गरी १५ सदस्य चयन हुनेछन्। पुरुष र महिलाका लागि आदिवासी जनजाति तर्फ ८३ जनाको उम्मेदवारी परेको थियो।
खस आर्यतर्फ महिला ६ जना र पुरुष ७ पुरुष गरि १३ जना चयन हुन बाँकी छ। खस आर्यतर्फ महिला केन्द्रीय सदस्यका लागि ३१ र पुरुषका लागि ४३ जनाको उम्मेदवारी परेको छ। आदिवासी जनजाति र खस आर्य तर्फ २८ जना केन्द्रीय सदस्यको चयन हुन बाँकी छ।





