Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

बागमती प्रदेशसभा बैठकमा एमालेको अवरोध, अर्को सूचना नआएसम्म बैठक स्थगित


बागमती प्रदेशको प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। बिहीबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो पार्टीले उठाएका प्रश्‍नहरूको जवाफ दिनुपर्नेमा उनी आफैँ बैठकमा अनुपस्थित रहेको भन्दै बैठक अवरोध गरेको थियो।

एमालेको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने,मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिीबारे माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषय सदनमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै एमालेले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार