Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

दलका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगले दियो यस्तो निर्देशन


निर्वाचन आयोगले राजनीतिक दलहरूलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ । त्यस्तै, महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न र उक्त अभिलेख केन्द्रीय कार्यालयमा राख्न तथा त्यसको जानकारी आयोगलाई गराउन पनि निर्देशन दिइएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ को उफदफा १ मा पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सम्पति विवरण पेस नगरेमा १० हजार रुपैयाँ जरिवाना गर्न सक्ने समेत व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले दलहरूलाई निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार