Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी


नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्।

उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो।

कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन्। पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहीबारराती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म खसेको थियो। जसमा तीस मत बदर भएको छ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो । महाधिवेशनलगत्तै प्रदेश २ को अधिवेशन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार