Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

माओवादी केन्द्रको स्थायी कमिटी जारी, प्रचण्डको राजनीतिक दस्तावेज पास गर्ने तयारी


नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन्। त्यसपछि ती सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्। राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल गर्ने तयारी गरिएको छ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार