Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

आज सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?


शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ ।

यस अघि विहिबार सुन तोलाको ९३ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २६० मा कारोबार भैरहेको महसंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार