Logo
१३ आश्विन २०८३, मंगलवार
|  Tue Sep 29 2026

नबिल बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने तयारी


नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ। बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ।

साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छन्।


प्रतिक्रिया दिनुहोस !
विचार