Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

आउँदो चुनावसम्म संसद चल्न दिँदैनौं : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने बताए । अहिले पनि बलपूर्वक संसद चलिरहेको भन्दै ओलीले संसद ठप्प नभएको तर अवरोध रहिरहने बताए ।

आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफूहरुले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको एमालेको आरोप छ ।

एमाले अध्यक्ष ओलीले चुनावमा एमालेले बहुमत ल्याउने दाबी पनि गरे । अमेरिकी सहयोग एमसीसीको बारेमा सरकारको स्पष्ट धारणा आउनुपर्ने ओलीको भनाइ छ । सरकारले एमसीसीको बारेमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै आफूहरुले पनि एमसीसीको बारेमा धारणा बनाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार