Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोक्यो, अस्पतालमा उपचार हुँदै


बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् । सोही झाडीमा खानलाई सर्पले टोकेको हो ।

उनको भोलि अर्थात २७ डिसेम्बरमा जन्म दिन हो । जन्मदिन मनाउने तयारीमा जुटेका खान अस्पताल भर्ना भएपछि उनका फ्यानहरु निराश बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार