Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

पुस २७ गते १६ जिल्लाको अधिवेशन गर्ने कांग्रेसकाे निर्णय


नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने भएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते १६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको समिति सदस्य तेज रावलले जानकारी दिए।

६१ जिल्लामा यसअघि नै अधिवेशनका काम सम्पन्न भएर नयाँ नेतृत्व आइसकेको छ। कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन भने मंसिर २७ गते नै सम्पन्न भइसकेको छ। त्यसअघि नै जिल्ला अधिवेशनका कार्यक्रम गर्ने तय भएको थियो। तर, क्रियाशील सदस्यतालगायतका विवादका कारण प्रदेश २ का सबै र बाँकी ८ जिल्लामा जिल्ला अधिवेशनका कार्यक्रम सुरु नै भएका थिएनन्।

प्रदेश २ बाहेक सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पनि जिल्ला अधिवेशन गर्न बाँकी छ। सबै जिल्लामा एकैदिन अधिवेशनका कार्यक्रम अघि बढ्नेछन्। केन्द्रीय महाधिवेशनपछि नै प्रदेश २ प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन्।

विधान अनुसार नै कांग्रेसले सबै कार्यक्रम अघि बढाउनुपर्ने मुद्दा उठाउँदै आएका नेता गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा चुनिएपछि कांग्रेसलाई अधिवेशनका कार्यक्रम सक्न दबाब छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार