Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

प्रदर्शन चर्किएपछि सर्लाहीमा निषेधाज्ञा जारी


सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।

निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।

त्यसैगरी इप्रका केशरगंजबाट उत्तर ईश्वरपुर-५ सखुवनी टोल र दक्षिणमा ईश्वरपुर-९ खोरिया टोलसम्म निषेधाज्ञा लागू हुने सूचनामा जनाइएको छ।इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना.१ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो।

उनको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमबार प्रहरीको ना. १ झ ७४८२ नम्बरको गाडी जलाएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार