गोरखामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको छ ।
नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको डीएसपी दाहाले बताए ।
आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।





