Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नयाँ नेतृत्व चयनमा सहमति खोज्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक आज बिहान ८:३० बजेदेखि बसिरहेको हो। आज नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र गम्भीर छलफलमा जुटेको हो।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन लम्बिएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन बाँकी भएकाले महाधिवेशन लम्बिएको हो।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अहिले बिहान ११ बजेपछि बन्दसत्र प्रारम्भ हुनेछ। विधान मस्यौदामा उठेका जिज्ञासामा नेता देवप्रसाद गुरुङले जवाफ दिएपछि पारित गर्ने कार्यसूची छ। विधान पारित भएपछि मात्रै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। सुरुमा सदस्य मात्र भनेर केन्द्रीय कमिटी चयन गर्ने र त्यसले पछि पदाधिकारी छनोट गर्ने माओवादी केन्द्रको तयारी छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार