Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

माओवादी महाधिवेशनमा विधान मस्यौदा सर्वसम्मतिले पारित, नेतृत्वमा सहमति नजुटे मतदान गर्ने तयारी


नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गरेको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो ।

पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्रीय सदस्य समावेशी आधारमा चयन हुने विधानमा उल्लेख छ ।

केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गर्ने व्यवस्था छ । विधान मस्यौदा पारित भएकाले अब पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया सुरु हुनेछ । नेतृत्वमा सहमति जुटाउन यतिवेला बन्दसत्र स्थगित गरिएको छ । सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गर्ने माओवादीको तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार