Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

कांग्रेस सभापति देउवाद्वारा रामचन्द्र पौडेलसहित १० नेतालाई केद्रीय सदस्य मनोनयन


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा (१०) बमोजिम देउवाले नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

देउवाले पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।

पौडेल सभापतिमा उम्मेदवार हुन आफ्नो समूहबाट सर्वसम्मत हुन नसकेपछि कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । सिंह र निधि सभापतिमा प्रत्यासी रहेका थिए भने अन्य अधिकांश नेताहरु पनि पदाधिकारीमा पराजित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार