Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी हुनेछन् । बैठकमा एमाले पनि सहभागी हुने भएको छ । तर, संसद बैठक सञ्चालन सम्बन्धमा आफ्ना पुरानै मागमा अडिग रहने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

कार्यव्यवस्था परामर्श समिति बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । आजको बैठक पनि अवरुद्ध गर्ने एमालेको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार