पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् ।
नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । किसान आन्दोलनको नाममा सीके राउताको जनमत पार्टीले मधेशमा आन्दोलन गर्दै आएको छ ।





