राष्ट्रिय प्रजातन्त्र पार्टीमा ३१ जना केन्द्रीय समितिमा मनोनित भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार दिपक बोहोरासहित ३१ जनालाई विधान बमोजिम केन्द्रीय कार्यसमितिमा मनोनयन गरेको उल्लेख गरेका छन्।
मनोनित हुनेमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, निरञ्जन थापा, भिमप्रसाद गौचन, टंक ढकाल,मोहन कुमार श्रेष्ठ, पुष्पराज पुरुष,उदयराज पोखरेल रहेका छन्
यसअघि सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट १३९ जना निर्वाचित भएका थिए।









