Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

देउवालाई शेखरको प्रश्न-‘कुन मापदण्डको आधारमा केन्द्रीय सदस्य नियुक्त गर्नुभएको हो ?’


नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्।आफ्नो पक्षको भेलाअघि संचारकर्मीसँग बोल्दै कोइरालाले सभापतिको ‘लाइक’ र ‘डिस्लाइक’बाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका हुन्।‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ।’ उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको हो ? हामी जान्न चाहन्छौं। ’

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्दै उनले नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताए।‘पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाइरहनुपर्ने आवश्यकता देखेको छु । कोइरालाले भने, विधि र विधानबाहिर गएर गरिने सबै कार्यहरु बन्द गर्न एक ढिक्का भएर प्रयत्न गर्नु जरुरी छ।’

पार्टी नेतृत्वको गतिविधि र निर्णयले निराशा पैदा भए आगामी निर्वाचनहरु कांग्रेसका लागि कठिन रहेको उनको तर्क छ । उनले अबका चुनावहरुमा कांग्रेस एक्लै लड्ने पनि बताए।’हालै मात्र हामीले राष्ट्रियसभाका उम्मेदवार चयन गर्‍यौं, अब तीनवटा निर्वाचन हामीहरूको सम्मुख छ।’ कोइरालाले भने, ‘नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौं।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार