राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अन्य निर्वाचनमा समेत निरन्तरता पाउने नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। काठमाडौंको शंखरापुर–२ मा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए।
नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी ९केन्द्र० पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए। ‘ठूलो संख्यामा संगठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन्,’ उनले भने।
आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौं क्षेत्र नं। २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै अध्यक्ष नेपालले काठमाडौं जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शंखरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गरे।








