Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

उच्चस्तरीय संयन्त्रको बैठकले गर्यो यस्तो निर्णय


सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने भएको छ । बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको छ ।राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेको छ ।

चुनाव आउँदो माघ १२ गते हुँदैछ । चुनाव अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।भोलि बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, पर्सि उम्मेदवारले नाम फिर्ता लिने र आउँदो आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार