हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहेको छ। तराईका केहि भूभागमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आगामी सोमबारबाट मात्र मैसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।








