निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज सबै निर्वाचन अधिकृतहरूको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।
आजै आयोगले उमेदवारलाई निर्वाचन चिह्न पनि दिएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।
त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन माघ १२ गते हुँदै छ ।
कसलाई कुन चिह्न ?









