Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्यत्र सुधार


आज कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा हल्ला वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ। यी दुई प्रदेशका जिल्लामा अहिले पनि छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र साँझपख यो क्रम अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। नेपालको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य प्रदेशमा भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार