Logo
१९ कार्तिक २०८३, बिहीबार
|  Thu Nov 5 2026

नारायणहिटीभित्र रेष्टुरेन्ट सञ्चालन प्रकरणको छानबिन समितिले निकाल्यो यस्तो निष्कर्ष


नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा छानबीन गर्न गठित समितिले बतास समूहलाई ठेक्का दिने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । सम्झौता बाहेक बतास समूहले १४ रोपनी जग्गा कब्जा गरेको खुलेको छ । बतासलाई ठेक्का दिंदा नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेष नारायण दाहालले मौखिक रुपमा सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन सचिव अध्यक्ष रहेको नारायणहिटी विकास समितिले २०७७ सालमा त्यहाँको जग्गा र घरको मुल्य तोकेर बोलपत्र आब्हन गर्ने निर्णय गरेको थियो । यी बाहेक बतासलाई ३ वर्षको समयसीमा तोक्ने, बगैंचा बनाउन दिने, अरु जग्गा चाहिएमा पछि लिन सक्ने सम्झौतामा नदेखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार