Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

एमालेको कैलाली अध्यक्षमा लेखराज भट्ट निकट रतन विजयी, भीम रावलका उम्मेद्वार ४ मतले पराजित


नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्याशी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्।

थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए। थापालाई नेता लेखराज भट्टको समर्थन रहेको थियो भने चन्दलाई भीम रावलको। उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्।

जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए। सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

एमालेले दुई विशेष कमिटीसहित ५० जिल्लाको नेतृत्व चयन गरेको छ। शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५० जिल्लामा नेतृत्व चयन गरेको हो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार