Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

नाराबाजीबीच पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण


आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

राजावादीहरुको नाराबाजीबीच पूर्व राजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्। पूर्व राजा पुग्ने भएपछि सिंहदरबार क्षेत्रमा राजावादीहरुको भिड थियो। उनीहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए।

पूर्व राजा पुग्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी थिइन्। त्यसक्रममा सिंहदबार क्षेत्र खाली गराइएको थियो। पूर्व राजा पुग्दा भने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार