Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

यी पाँच प्रदेशमा आज पनि वर्षा हुने, कहिलेबाट आउँछ मौसममा सुधार ?


आज देशका केही स्थानमा हल्का वर्षा र केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ ।

आज दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । भोलिबाट मौसममा क्रमश सुधार आउने मौसमविद्ले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार