Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

बाटो खन्ने क्रममा पहिरोले स्काभेटर पुरियो, अपरेटरसहित ३ जना वेपत्ता


धादिङको रुवि भ्यालि गाउँपालिकास्थित वडा न १ पुरुङ भन्ने स्थानमा बाटो खन्ने क्रममा स्काभेटर पहिरोले पुरिंदा अपरेटर सहित तीन जना वेपत्ता भएका छन् ।

ठुलो गाउँबाट लिङ्जो जाने सडक खन्ने क्रममा पहिरो खस्दा स्काभेटर पुरियको हो । पुरिएका तीनै जनाको अवस्था अज्ञात छ ।

स्थानियले उद्दारको काम जारी रहेको बताएका छन् । घटनास्थल सदरमुकामदेखि तीन दिनको दुरिमा पर्दछ ।


प्रतिक्रिया दिनुहोस !
विचार