Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

प्रधानमन्त्रीको निर्देशनपछि ‍वीर अस्पतालका प्रमुखको सरुवा रोकियो


कोभिड युनिफाइड अस्पताल(वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा गुणराज लोहनीको सरुवा रोकिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालसयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् ।

१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए ।‘प्रधानमन्त्री कार्यलयबाट डा लोहनीको सरुवा रोक्न भनी निर्देशन आएको छ,’ ती कर्मचारीले भने, ‘ सम्भवतः सरुवा निर्णय रोकिन्छ होला ।’ दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

न्याम्स ऐन विपरीत डा लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका छन् । अहिले वीरको निमित्त प्रशासकीय अधिकारी रहेका डा भुपेन्द्र बस्नेतलगायत कांग्रेस निकट चिकित्सकहरूले उक्त निर्णय परिवर्तन गर्न प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर दबाव दिइएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार