Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

चार्टर्ड उडानमा भएको अनियमितता छानविन गर्न मन्त्री आलेले गठन गरे छानविन समिति


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोरोना महामारीका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा विमान चार्टर्डमा भएको भनिएको अनियमितता छानविन गर्न समिति गठन गरेका छन् ।

आज बिहीवार मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो।समितिमा नागरिक उड्डयन प्राधिकरण क्यानका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर र उपसचिव टेकनारायण पौडेल छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन त्यसबेला नेपाल एयरलाइन्सले ६५ र हिमालय एयरलाइन्स्ले २५० वटा चार्टर्ड फ्लाइट गरेका थिए ।

त्यसक्रममा नेपाली श्रमिकसँग महँगो भाडा असुल भएको गुनासो आएपछि तत्कालीन मन्त्री योगेश भट्टराईले पनि छानविन समिति गठन गरेपनि सो समितिको प्रतिवेदन सार्वजनिक भएको थिएन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार