निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा जारी छ । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न बेलाइएको बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् ।
बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेल, नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल, नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत बैठकमा सहभागी छन् ।








