प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।बैठकले समसामयिक विषयका साथै कोरोना महामारी, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसको विषयमा छलफल हुने स्रोतले बतायो ।
त्यस्तै बैठकले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्नेबारे पनि छलफल हुने एक नेताले बताए ।प्रधानमन्त्री देउवालाई कोरोनो संक्रमण पुष्टि भएसँगै राजनीतिक भेटघाट बन्द गरेका देउवा शुक्रबारबाट नियमित काममा फर्किएका हुन् ।
देउवालाई कोरोनो संक्रमण भएपछि मन्त्रिपरिषद्को नियमित बैठक पनि प्रभावित भएपछि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाएका हुन् ।








